Breaking News

एमालेसँग हतारमा एकता गरेर पछुताउनु पर्‍योः प्रचण्ड

Banner

काठमाडौं,असार ४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग हतारमा एकता गरेर अहिले पछुताउनु परेको बताएका छन्।
सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा सभा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका दाहाले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता भए पनि लामो समय टिकाउन नसक्दा पछुताउने अवस्था आएको बताएका हुन्। ‘एमालेसँग हतारमा एकता गर्नु गल्ती थियो। हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनु पर्थ्यो’, उनले भने, ‘पहिले यस्तै मोर्चा बनाएर विचार, सिद्धान्त र कार्यनीति मिलाउँदै गएको भए टिक्ने रहेछ। कार्यकर्तामा पनि अन्तरघुलन गर्दै एकता गरेको भए राम्रो हुने थिए छ।’

उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>