चितवन विशेष

सेन्ट्रल कलेज ‘कविता कन्सर्ट’मा गुन्जिए नवराज पराजुलीका कविता

Banner

चितवन,असार ३-

चितवनमा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ सम्पन्न गरिएको छ । सेन्ट्रल कलेजको अयोजनामा शनिवार भएको कन्सर्टमा कवि पराजुलीले ९० मिनेट कविता बाचन गरेका थिए । विद्यार्थीसंग कविता कार्यक्रम अन्तर्गत कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।

कवि पराजुलीले ‘बामपन्थी लभ’ शीर्षकको कविताबाट आफ्नो वाचन सुरुगर्दैे ‘जुलबी’, ‘औँला’, ‘हेब्बी वर्थडे’ र ‘ऊ’ लगायतका शिर्षकका कविता सुनाएका थिए । उनलाई ऋदम कँडेलले सांगितिक प्रस्तुती दिएर साथ दिएका थिए । कँडेलको संगितमा पराजुलीले कवितालाई गीति लयमा प्रस्तुत गर्दा एकल कविता वाचनले कार्यक्रममा सहभागि विद्यार्थी,अभिभावक र साहित्यप्रेमी झुमेका थिए ।

कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले उपस्थित विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श तथा करियर काउन्सेलिङ गरेका थिए । कार्यक्रममा उनले भने, युवा विद्यार्थीको चाहाना बमोजिम नै युवा कवि बोलाएर निःशुल्क कविता कन्सर्टको आयोजना गरिएको हो । उनले कविता भाषा र साहित्य मुलुकसँग जोडने सबैभन्दा महत्वपूर्ण विषय भएकोले यसको विकास र विस्तारलाई सेन्ट्रल कलेजले भूमिका निर्वाह गरेको बताए । सेन्ट्रल कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी लक्षित विभिन्न कार्यक्रम गरेको भन्दै उनले सही परामर्श र गुणस्तरिय भाषा कक्षाका लागि सेन्ट्रल कलेजलाई सम्झन आग्रह गरे ।

सेन्ट्रल कलेजले जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई लक्षित गरेर भाषा कक्षा र परामर्शका काम गरिरहेको छ । नेपालमै स्थापित शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित सेन्ट्रल कलेजले चितवन,नवलपुरका विद्यार्थीलाई बस सेवा समेत प्रदान गरिरहेको छ । कार्यक्रम सेन्ट्रल कलेजकी प्रमुख कार्यकारी अधिकृत शारदा शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको नारायणी अनलाइन अफिसियल मिडिया रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>