Breaking News

विश्वकप छनोटः जिम्बाबेविरुद्ध नेपालको किर्तिमानी ओपनिङ साझेदारी

Banner

काठमाडौँ, असार ३–

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ।

आजबाट जिम्बावेमा सुरू भएको प्रतियोगितामा घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाउँदै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी गरेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चलिरहदा कीर्तिमान बनाएका हुन्। नेपालले ३० ओभरमा विना विकेट १६४ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। यो साझेदारी पनि कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ मा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>