चितवन विशेष

काँग्रेसका नेताको आचरण सुधार गर्नुपर्छः स्वास्थ्य मन्त्री जोशी

०
Banner

चितवन, असार ३–

नेपाली कांग्रेसका युवा नेता एबं बागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशीले नेपाले काँग्रेसका नेताहरुको आचरणमा सुधार नआए पाटीलाई सुधार गर्न नसकिने बताउनुभएको छ ।

नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको भेला एंब रत्ननगर नगर समितिले आयोजना गरेको चियापना कार्यक्रममा बोल्दै उहाँले पाटीका नेताहरुको कार्यशैली र आचरणमा परिवर्न नआए सम्म पाटी सहि बाटोमा हिड्न नसक्ने बताउनुभएको हो।

क्षेत्रिय सभापति किरण भूषण ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले पाटीलाई ठिक बाटोमा ल्याउन नेताहरुको कार्यशैली र जिवनशैलीमा परिवर्तन ल्याउन आबश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-बिकासमा काँग्रेस, जनताको दुःखमा काँग्रेस, युवा र मिहला संग काँग्रेस भनेर वडा तहबाटनै लाग्नु आबश्यक छ ।

सो अबसरमा नेपाली काँग्रेस चितवनका उपसभापति राजीप न्यौपाने, खैरहनीका नगर प्रमुख शशी खनिया, नगर सभापति गुणराज श्रेष्ठ, राप्ती नगरपालिकाका नगरसभापति देवेन लामा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा वडा सभापति, महाधिबेशन प्रतिनिध, महासमिति सदस्यहरु आ-आफ्नो धारणाा राख्नु भएको थियो । यस्तै रत्ननगर नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापना कमर्यक्रममा नगर सभापति प्रलाहद सापकोटा, पूर्व मन्त्री शेषानाथ अधिकारी, प्रदेश क्षेत्रिय सभापति गोविन्द गौतम, महाधिबेशन प्रतिनिध निता ढकाल लगाएतले बोल्नुभएको थियो ।

मन्त्री जोशी द्वारा रेडक्रश शाखाको भवन शिलन्यास

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नेपाल रेडक्रस सोसाईटी महेन्द्रचोक उपशाखाको भवन शिलन्यास गर्नुभएको छ । भवन शिलन्यास गदै उहाँले मानव सेवामा लाग्ने संस्था मध्य उपयुक्त संस्था रेडक्रश भएको बताउनु भयो ।

रेडक्रश कर्मिहरुको सेवाको भावनाले देशका विभिन्न स्थानमा भएका बिपत्तिमा सहज रुपमा काम गर्न सकिएको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति हरि पौडेल, रेडक्रस कर्मी विदुर केसी, शाखा सभापति दिपेश केसी, भवन निर्माण समितिका संयोजक बुद्विसागर लम्साल लगाएतले बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>