Breaking News

राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

Banner

काठमाडौं, असार २–

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । स्रोतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>