देश/प्रदेश

काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’, विवादित संवाद नेपालमा मात्र हटाइयो

Banner

काठमाडौं,असार १- 

भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनीमा आएको छ । विवादित संवाद हटाएर चलचित्र आएपछि प्रदर्शन गरिएको हल सञ्चालकहरूले बताएका छन् ।

यसअघि ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ । तर, विवादित संवाद नेपालमा मात्र हटाइएको हो ।

चौतर्फी विरोधपछि हलहरूले असुरक्षित भएको भन्दै बिहानी शो देखाएका थिएनन् । काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त अभिव्यक्ति नहटाए महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>