चितवन विशेष

युनिभर्सल थट कन्सल्टले असार २ गते भरतपुरमा ‘करियर गफ’ गर्दै

Banner

चितवन, जेठ ३२–

युनिभर्सल थट कन्सल्टले असार २ गते ‘करियर गफ’को आयोजना गर्दै छ । प्लस टु सकेर बसेका विद्यार्थीलाई लक्षित गरी करियर गफको आयोजना गर्न लागिएको हो ।  उक्त कार्यक्रमले विद्यार्थीलाई करियर खोज्न अवसर मिल्ने युनिभर्सल थट कन्सल्ट भरतपुरका प्रबन्ध निर्देशक कृष्णप्रसाद बगालेले जानकारी दिए ।

करियर गफमा आइटी विशेषज्ञसँग अन्तरक्रिया, करियर मार्गदर्शन, छात्रवृत्ति अवसर, तालिम र रोजगारीको अवसर लगायतको विषयमा परामर्श दिइने छ । भरतपुरको हाकिम चोकस्थित सिएमटी रिसोर्टमा हुने करियर गफ बिहान ११ बजेदेखि सुरु हुने छ । करियर गफमा सहभागी हुन Registration Link मा गएर रजिष्टर्ड हुनुपर्ने छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>