बलिउड/हलिउड

सेलेना बनिन् इन्स्टाग्राममा ४० करोड फलोअर्स कमाउने पहिलो महिला

Banner

काठमाडौं, जेठ ३०-

हलिउड गायिका सेलेना गोमेज इन्स्टाग्राममा ४० करोड फलोअर्स कमाउने पहिलो महिला बनेकी छन् । उनलाई इन्स्टाग्राममा ४२१ मिलियनले फलो गरेका छन् । यसअघि काइली जेनर शीर्ष स्थानमा थिइन् । उनको इन्स्टाग्राममा ३८२ मिलियन फलोअर्स छन् ।

गोमेजले आफ्नो फ्यानहरूसँगको तस्बिर पोस्ट गर्दे लेखेकी छिन्, ‘कामना गर्दछु कि म तपाईँहरू सबै ४०० मिलियनलाई अँगालो हाल्न सकूँ।’

सबैभन्दा धेरै फलोअर्सको रेकर्ड भने स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । उनलाई इन्स्टामा ५६३ मिलियनले फलो गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>