चितवन विशेष

रत्ननगरका विश्वप्रकाश अधिकारी तीन दिन देखि सम्पर्कविहिन

Banner

चितवन, जेठ ३०–

रत्ननगर नगरपालिका–१२ मनकामना टोलका ६० वर्षीय विश्वप्रकाश अधिकारी तीन दिन देखि सम्पर्कविहिन भएका छन् । जेठ २७ गते शनिबार दिउँसो साढे १२ बजे नारायणगढबाट घर फर्किन लागेको जानकारी दिएका अधिकारी त्यसपछि सम्पर्कविहिन भएको उनको परिवारले बताएको छ ।

छोरा विमोचन अधिकारीका अनुसार बुबा विश्वप्रकाश शनिबार बिहान ९ बजे एक जना व्यक्तिलाई भेटेर आउने भन्दै नारायणगढ आएका थिए । ‘घर परिवारमा केहि भन्नुभएको थिएन । तनावमा पनि देखिनुभएको थिएन’, विमोचनले भने, ‘नारायणगढबाट साढे १२ बजेतिर मलाई फोन गरेर फर्किन लागेको भन्नुभएको थियो । त्यसपछि सम्पर्कविहिन हुनुभयो ।’

विश्वप्रकाशले कालो पाइन्ट, घ्यु रङको टिसर्ट र निलो छत्रे टोपी लगाएका छन् । बुबाको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा आइतबार निवेदन पनि दिइएको उनले बताए । बुबालाई कसैले देखेमा ९८५११६८५५८ मा खबर गरिदिन उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>