Breaking News
गोर्खाली नेताले भने- प्रचण्डले गुन बिर्से, गोरखाबाट अबको चुनाव बाबुरामले नै लड्नुपर्छ
०

गोरखा, जेठ २९-
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई अबको चुनाव गोरखाबाट लड्न जिल्लाका नेताले दबाब दिएका छन् । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा गोरखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले आउने चुनाव अन्तिम पटक गोरखा २ बाट लड्न बाबुरामलाई आग्रह गरेका हुन् ।
नेसपा नेता विश्वदीप पाण्डेले बाबुरामलाई गोरखाबाट अन्तिम पटक चुनाव लड्न आग्रह आएको पुष्टि गरे । तर त्यसबारे बैठकमा भट्टराईले भने कुनै जवाफ दिएनन् । बैठकमा गोरखाका नेसपा नेताहरूले प्रचण्डबाट फेरि धोखा हुन लागेको भन्दै पार्टी एकता गर्ने भनेर अहिले पन्छिएकोमा बाबुरामसँग जवाफ मागेका थिए ।
बाबुरामका कारण गोरखामा प्रचण्डको जित सम्भव भए पनि चुनावपछि प्रचण्डले गुन बिर्सिएको उनीहरूको आरोप छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























