Breaking News
गर्मी कम नभएपछि भरतपुरका विद्यालयमा थप ४ दिन बिदा
०

चितवन, जेठ २६–
चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए ।
यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























