Breaking News

प्रतिनिधिसभा बैठक ११ बजे सुरु हुने, बजेटमाथि छलफल जारी रहने

Banner

काठमाडौँ,जेठ २४–

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा।प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो। सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए। त्यसक्रममा ओलीले अर्थमन्त्रीलाई यसपटक शंकाको सुविधा दिएको जनाएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>