Breaking News

मृत्यु भएको विधेयक व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूताइदिनु

Banner

काठमाडौं, जेठ २२-

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गर्दै राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाएका छन्।

उनले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ।’

मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूताउन नमिल्ने बताउदै उनले भने, ‘मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिएका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>