चितवन विशेष

गर्मीका कारण चितवनका चार पालिकामा विद्यालय बन्द

Banner

चितवन,जेठ १८-

चितवनमा गर्मी बढेसंगै पालिकाहरुले विद्यालयमा बिदा दिन थालेका छन् । पछिल्ला साता गर्मी ह्वात्तै बढेपछि जिल्लाका चार पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका,राप्ती नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । भरतपुर विमानस्थलका अनुसार चितवनमा बुधबार र विहिबारको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ ।

खैरहनी नगरपालिकाले गर्मी बढेसंगै पाँच दिनको लागि बन्द गरेको जनाएको छ । स्थानीय बिदा कटौती हुनेगरी एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालयहरु बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । उहाँले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले भोलिदेखि विद्यालय बन्द गरिएको बताउनुभयो ।

यस्तै रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द गरेको छ । सो नगरपालिकाले विहीबार एक सूचना जारी गरी गर्मीका कारण वालवालिकालाई पढाउन सक्ने अबस्था नरहेको भन्दै पाँच दिन विद्यालय बन्द गरेको जनाएको छ । जेठ १९ गते स्थानीय विदा र २१ गते देखि २४ गतेसम्म बर्षे विदा कट्टी हुने गरी विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

यस्तै राप्ती नगरपालिकाले पनि पाँच दिनका लागि विद्यालयहरुमा बिदा दिएको जनाएको छ । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकि शिक्षा अधिकृत रविना देउजाले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाले १९ गते र २१ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिया अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>