Breaking News

जेलबाट छुटेलगत्तै रेशम चौधरीले भने– टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

Banner

काठमाडौँ, जेठ १५–

डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताए।

टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएका थिए।
उनी अहिले बिहान कारागारबाट रिहा भएका हुन्।

उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता उनकी पत्नी पनि हुन्।

नागरिक उन्मुक्ति पार्टीले रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>