मनोरञ्जन

प्रियङ्का, मिरुना र आयुष्मान मिस नेपाल नर्थ अमेरिकाको अतिथिको रूपमा सहभागी हुँदै

Banner

न्यूयोर्क, जेठ ११–

विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को लागि अतिथिमा प्रियङ्का कार्की , मिरुना मगर तथा आयुष्मान् देशराज जोशी आउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन आवेदन पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ । अझ पनि आवेदन निवेदन दिने समय बाँकी रहेकोले इच्छुकले आवेदन दिन सक्ने आयोजकको तर्फबाट सैलेश श्रेष्ठले जानकारी दिए ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्ट महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर ९पूर्ण प्रशिक्षक० रहने भएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>