Breaking News

प्रधानमन्त्रीजी काम्दैन भनेको मुटु त काम्यो, म चेक गर्न चाहन्छु, कुन अस्पताल जानेः सभापति रवि

Banner

काठमाडौं, जेठ १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा तीन पार्टीको खासखुस रोक्नुपर्ने भन्दै उनले भने, ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्, तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ ।’

त्यस्तै प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>