समाचार

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनवाई हुन सकेन

Banner

काठमाडौं,जेठ ७-

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो । न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको तादी गाउँपालिकाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ । सो गाउँपालिकाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।

यसैगरि, गौशला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ । इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ ।

सन्दीपका कानून व्यवसायीहरु भने विभिन्न बहाना गरेर मुद्दा लम्ब्याउन खोजिएको भन्दै असन्तुष्ट बनेका छन् । गाउँपालिकाको पत्र र अस्पतालको कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको उनीहरुको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>