समाचार

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा

Banner

काठमाडौं,जेठ ७-

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।
यदि आज सुनवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>