समाचार

शंकर कँडेल मृत्यु प्रकरण : मुख्य आरोपी प्रदिप रुङ्गटा अझै पक्राउ परेनन्

Banner

चितवन, जेठ ७–

पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको मृत्यु प्रकरणमा मुख्य आरोपी भनिएका प्रदिप रुङ्गटा अझै पक्राउ परेका छैनन् । घटना भएको आज १९ दिन भइसक्दा पनि प्रहरीले रुङ्गटालाई पक्राउ गर्न सकेको छैन ।

व्यवसायी कँडेल वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका थिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका व्यवसायी प्रदिप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफुलाई आत्महत्या गर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले रावललाई पक्राउ गरिसकेको छ । रुङ्गटा भने नेपालमै नरहेको प्रहरीको आशंका छ । रुङ्गटालाई पक्राउ गर्ने कुरामा सरकारले नै चासो दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की बताउँछन् । प्रहरीले रावललाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

‘रुङ्गटाको पनि खोजी कार्य भइरहेको छ । नेपालमा छन् जस्तो लागेको छैन’, उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीज्युकै चासो छ यसमा । खोजीमा जिल्ला प्रहरी मात्र होइन, सबै संयन्त्र लागेको छ ।’

नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले मुख्य आरोपीलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइरहेको बताए । ‘यथासक्य पक्राउ गर्नुप¥यो भन्ने कुरा हो’, उनी भन्छन्, ‘प्रहरीले पनि नजिक नजिक पुगेको बताएको छ । आरोपीको सम्पत्ति रोक्का राखिएको कुरा पनि छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>