समाचार

सन्दीपको मुद्दामा ढिलासुस्ती, आज मुद्दाको पेशी

Banner

काठमाडौं, जेठ ७–

सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दियो । तर, उक्त आदेश आएको दुई महिना पुग्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ ।

सर्वोच्चको आदेशयता जिल्ला अदालतमा चार पटक पेशी तोकिए पनि मुद्दा अगाडि बढ्न नसकेको हो ।

तीन पटकको पेशी बिना सुनवाई स्थगित भयो भने एउटा पेशीमा बहस भएर पनि न्यायाधीशले त्यसलाई ‘हेर्दाहेर्दै’ मा नराखी रद्द गरिदिए । आज आइतबारलाई अर्को पेशी तोकिएको छ । तर, आज पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू ढुक्क छैनन् । मुद्दा लम्ब्याउन भित्रभित्रै चलखेल हुन थालेको उनीहरूको आशंका छ ।

फैसलाको चरणमा रहेको मुद्दाको पछिल्लो पेशीमा ‘पीडित’ गौशाला २६ का तर्फबाट अन्तरिम क्षतिपूर्तिको लागि निवेदन पेश भएको थियो । जबकि जिल्ला अदालतले गत चैत १० गते नै मुद्दा फैसलाको नजिक पुगेकाले अन्तरिम क्षतिपूर्तिको विषय अहिले सम्बोधन गर्नु नपर्ने निर्णय सुनाइसकेको थियो । तर, दोस्रो पटक पनि गौशाला २६ का तर्फबाट अर्को निवेदन दिएर क्षतिपूर्ति माग गरिएको छ ।

अघिल्लो पटक अस्वीकार भइसकेको निवेदनमा अदालतले अहिले भने विल भरपाई पेश गर्न आदेश दिएको छ । सम्भवतः आजको सुनवाइ पनि यही विल भरपाई अध्ययन गर्नुपर्ने बहानामा सारिन सक्ने सन्दीपका एक कानून व्यवसायीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>