चितवन विशेष

चितवनमा घरमै बसिरहेको अवस्थामा गैडाले आक्रमण गर्‍यो,एकको मृत्यु, एक घाइते

Banner

चितवन,जेठ ६-

चितवनमा गैडाको आक्रमणबाट एक जनाएको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १७ नारायण चोकका ६० वर्षीय झलकराज पौडेल रहनुभएको छ । सोही ठाउँका ५७ वर्षीय टंकनाथ रेग्मी घाइते हुनुभएको छ ।

घरमा काम गरिरहनुभएका पौडेललाई सिद्धी गणेश सामुदायिक वनबाट आएको गैंडाले विहान ११ बजे आक्रमण गरेको थियो । गैडाको आक्रमणबाट घाइते उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा विहान ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उहाँको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घाइते हुनुभएका रेग्मीको उपचारपछि घर फर्किनुभएको प्रहरीले जनाएको छ ।

सिद्धी गणेश सामुदायिक वनले तारबारमा लापरवाही गरेका कारण गैडा घरमै आएर मानिसलाई आक्रमण गरेको स्थानियले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>