Breaking News
प्रधानमन्त्री प्रचण्ड भन्छन्– नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ
०

काठमाडौं, जेठ ६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।
‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’
उनले कतिपय शक्तिहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, ‘यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























