Uncategorized

भरतपुर-११ मा बाटो पिच नभएपछि स्थानीयबासी आन्दोलित,धुलाम्य सडक बन्द गरेर विरोध

Banner

चितवन, जेठ ६-

भरतपुर महानगरपालिका–११ स्थित वडा कार्यालयदेखि बरपिपल चोक हुँदै दिपज्योती टोलसम्मको बाटो लामो समयदेखि अलपत्र परेपछि स्थानीयबासी आन्दोलित भएका छन् । धुलो उडेर सास्ती भएपछि स्थानीयबासीले बाटो नै बन्द गराएका छन् ।

स्थानीय कृष्णप्रसाद जैसीका अनुसार करिब एक किमी बाटो निर्माण थालेको दुई वर्ष भइसक्दा पनि पिच भएको छैन । ‘वडामा गयौँ, हाम्रो सुनुवाई भएन । महानगरको कार्यालय पनि पटक–पटक गयौँ, भएन’, उनी भन्छन्, ‘बाध्यता भएर बाटोमा ढुंगा र ह्युम पाइप राखेका हौँ ।’ धुलो उडेर विजोग भएपछि स्थानीयबासी आन्दोलित हुनुपरेको उनी बताउँछन् ।

उक्त बाटोको निर्माणकार्य प्रदेश सरकारको बजेटमा यसअघिका जनप्रतिनिधिकै कार्यकालमा सुरु भएको हो । ठेकेदारले समयका काम नगरेर हैरान पारेपछि स्थानीयहरु आन्दोलित हुन बाध्य भएका हुन् । स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलित भएका छन् ।

भरतपुर–११ का वडाध्यक्ष कमलबहादुर मल्लले ठेकेदारको लापरबाही र अटेरीले बाटो पिच हुन नसकेको बताए । उक्त बाटोमा छिटो पिच गरिदिन भन्दै आफु महानगरमा दशौँ पटक गएको भन्दै उनले ठेकेदारले महानगरका कर्मचारीलाई पनि नटेरेको बताए । बैशाख भित्रै काम सक्छु भनेर प्रतिबद्धता जनाएको ठेकेदारले अहिले आएर भरतपुर १५ मा भइरहेको काम सकेपछि मात्रै यता आउने बताएको उनी बताए ।
सडक निर्माणका सम्बन्धमा सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>