चितवन विशेष

चलचित्र पत्रकार संघको स्थापना दिवसमा पत्रकार पन्त नगदसहित सम्मानित

Banner

चितवन, जेठ ५–

चलचित्र पत्रकार संघ नेपालको २४ औं स्थापना दिवसको अवसरमा चितवनका पत्रकार मनोज पन्त सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पन्तलाई नगद पाँच हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

जिल्लामा चलचित्र पत्रकारिताको सुरुवात गरेको भन्दै पन्तलाई सम्मान गरिएको हो । पन्तले लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आइरहेका छन्। नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले नगदसहित सम्मान पत्र पन्तलाई प्रदान गरेका हुन् ।

चलचित्र पत्रकार संघ चितवनले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको थियो । संघका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस चौतारी चितवनका कोषाध्यक्ष बद्री अर्याल लगायतका पत्रकाहरुको सहभागीता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>