Breaking News
संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्नूः राष्ट्रपति पौडेल
०

काठमाडौं, जेठ ५-
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन्। राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदैछन्।
नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले बताए।
उनले भने, ‘उहाँबाट स्टिक्ली निर्देशन भइसकेको छ। पहिले झैं आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























