Breaking News
देशमा बाढी, पहिरो जाँदा भेट नहुने नेताको अहिले किन तारनतार भेट भएको छ: रास्वपा सांसद झा
०

काठमाडौं, जेठ १-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढिरहेको बेलामा तीन दलका शीर्ष नेताबीचको भेटवार्ताले आशंका पैदा गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले अहिले तारनतार भेट्नुपर्ने कुनै कारण नभएको औंल्याए ।
उनले भने, ‘तीन दलका नेताहरु पटक पटक भेटिरहेको समाचार हामी सुन्छौं । देशमा केही आपत्त परेको बेला जस्तैः बाढी, पहिरो, भूकम्पलगायत आपत्त परेको बेलामा नेताहरु यसरी तारनतार भेटिरहेको समाचार सुन्दैनथ्यौं । तर, अहिले किन सुनिन्छ ? त्यसमा उहाँहरुको आकर्षण किन देखिन्छ ? सम्भावित व्यक्तिहरु भाग्न पनि नपाऊन् । यसको आशंकामा भएका नामकरणको विषयमा सेटलमेन्टमा आएका विषयहरु पनि बाहिर नआओस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























