Breaking News

विदेशबाट दुई मोबाइल ल्याउन पाइने नियम आजबाट लागु, भन्सार शुल्कपनि नलाग्ने

Banner

काठमाडौं,जेठ १-

विदेशबाट‍ फर्किएर आउने नेपालीले सोमबारदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागु गरेपछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाइने भएको हो‍। प्राधिकरणले एक सूचना जारी गर्दै सो नियम आजबाट लागु हुने जनाएको हो। यद्यपि, यस कुराको सूचना भने प्राविधिकरणले पहिले नै गराएको थियो।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ सूचनामा भनिएको छ।

निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरेपछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन्। ‍’व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’

प्राधिकरणका अनुसार यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किँदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>