Breaking News
गुणस्तरहीन काम रोक्न माग गर्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सनको पोलमा चढे युवक
०

विराटनगर,बैशाख ३०-
मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् । बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।
गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले ती युवालाई उतार्न प्रयास भइरहेको बताए । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको काम गुणस्तरहीन भएको ती युवाको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























