चितवन विशेष
नारायणगढमा झ्याली पिट्दै भ्रष्टाचारको विरोध
०

चितवन,बैशाख २९-
भ्रष्टाचारकाविरूद्ध शुक्रबार बिहान नारायणगढ बजारमा स्थानीयले प्रदर्शन गरेका छन् । बजारको बालकुमारी चोकमा स्थानीयहरू झ्याली बजाउँदै प्रदर्शनमा उत्रेका थिए । सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीय व्यवसायी, राजनीतिक तथा सामाजिक व्यक्तित्व र अन्य सर्वसाधरणहरू प्रदर्शनमा सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागी स्थानीय अमरदेव प्रधानले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दालाई सरकारले टुङ्गोमा पुर्याउनै पर्ने र त्यसका लागि दबाब दिन आफूहरू प्रदर्शनमा उत्रेको बताए । चितवनमा शुक्रबार साँझ साहित्यकार तथा चित्रकारले भरतपुर चौबिसकोठीमा भ्रष्टाचारका विरोधमा रचना प्रस्तुत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























