Breaking News

भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि ब्याक हुन्न,अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्योः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, वैशाख २९ –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानीबन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले भने, ‘नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेको छ । त्यसैले यो विषयबाट ब्याक हुन मिल्दैन । हुँदैनौं ।’

उनले यो छानबिनको क्रममा कुनै दबाब नपर्न सरकारलाई आग्रह गरेकोसमेत बताए । ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् । हाइ(प्रोफाइल व्यक्तिहरु पनि मुछिएकाले प्रधानमन्त्रीलाई आफूहरुले कुनै दबाब नपरी छानबिन अघि बढाउन माग गरेको अध्यक्ष लिङ्देनले बताए ।

सरकारले गरेको राम्रो काममा आफूहरुको साथ रहने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउँदै सबै ठूल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोलिनुपर्ने बताए ।

२०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण बताउनुपर्ने उनको भनाइ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>