मकवानपुर
मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ, म्यानेजमेन्टकै कमी छ: आरजु राणा
०

हेटौंडा, वैशाख २८-
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन् ।
बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट ९व्यवस्थापन० गर्न नसकिएको उल्लेख गरिन् ।
बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’
उनले अन्तरक्रियाको क्रममा बागमतीमा बालविवाह र बाल श्रमको समस्या रहेको पाइएको भन्दै त्यसको न्युनिकरणको लागि योजना बनाएर प्राथमिकताका साथ काम गर्न पनि सुझाव दिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























