मनोरञ्जन

भारतमा विवादित फिल्म ‘द केरला स्टोरी’ ले कमायो ३ दिनमा ३५ करोड

Banner

काठमाडौं, वैशाख २५-

बलिउड फिल्म ‘द केरला स्टोरी’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले तीन दिनमा ३५ करोड २५ लाख भारू कमाएको हो। ८ करोड ३ लाखमा ओपनिङ गरेको फिल्मले शनिबार ११ करोड २२ लाख र आइतबार १६ करोड भारू कमाइ गरेको छ।

सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदाह शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।

यस फिल्म विवादित विषयमा बनाएको भन्दै प्रतिबन्ध लगाउन माग गरिएको थियो। फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>