Breaking News

ढाकाकुमारले भनेः मैले सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित हालेको रिटमा आज सुनुवाइ हुँदैछ

Banner

काठमाडौँ, वैशाख २५-

राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेपछि आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका ढाकाकुमार श्रेष्ठको आज सुनुवाइ हुँदै छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि ढाकाकुमारलाई पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

त्यस्तै पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएपछि श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हिजो रिट हालेका थिए। ‘मेरो सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित मैले हिजो रिट हालेको थिएँ, आज सुनुवाइ हुँदैछ,’ श्रेष्ठले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>