मनोरञ्जन

उत्कृष्ट सर्जकका रुपमा गायक सपुत अमेरिकामा सम्मानित

Banner

काठमाडौँ, बैशाख २४-

गायक प्रकाश सपुत अमेरिकाको न्यूजर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा सहर घोषणापत्रबाट सम्मानित भएका छन्।

मे ४ मा गायक सपुतको सम्मानमा न्यू जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित विशेष लाईभ सांगितिक साँझका अवसरमा मेयरले घोषणापत्र जारी गर्दै गायक सपुतलाई सममान गरेका हु्न । सामाजिक सचेतना जगाउने मौलिक गीत संगितको उत्कृष्ट सर्जक उल्लेख गर्दै विश्वभरका लाखौं लाख नेपाली डायस्पोराको दिलमा बस्न सफल कलाकारको रूपमा मुक्तकण्ठले सपुतको प्रशंसा गरेका छन्।

यसैबीच गायक सपुतले मेयर फुलपद्वारा सहर घोषणापत्रद्वारा आफूलाई सम्मानित गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>