Breaking News

नेपालले भने- मैले घुस खाएको छैन, भ्रष्टाचार गरेको छैन अनि नक्कली शरणार्थी प्रकरणमा किन डराउने

Banner

विराटनगर, वैशाख २४-

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । उनेले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्दै यस प्रकरणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>