बलिउड/हलिउड

श्रीनिवाससँग डेट गर्दै छिन् रश्मिका?

Banner

हैदरावाद, वैशाख २३-

रश्मिका मन्डन्ना र श्रीनिवास बेल्लमकोंडा हालैका दिनहरूमा केही कार्यक्रमहरू र मुम्बई एयरपोर्टमा सँगै देखिएका छन्, जसले उनीहरु डेट गरिरहेको हल्लालाई झन् बढावा दिएको छ । श्रीनिवास्ले छत्रपतिबाट बलिउडमा डेब्यू गर्दैछन् । यसैबीच, उनले रश्मिकासँग डेटिङको हल्ला बारेमा आफ्नो प्रतिक्रिया दिएका छन्।

विजय देवराकोन्डासँगको सम्बन्ध समाप्त गरेपछि रश्मिकाले श्रीनिवाससँग डेट गरिरहेको समाचारहरु आएका थिए । रश्मिकाले विजयसँगको ब्रेकअप र श्रीनिवाससँगको सम्बन्धबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । यता एक च्याट शोमा कुरा गर्दै श्रीनिवासले भने, ुमलाई थाहा छैन यो हल्ला कसरी भयो । यो बिल्कुल निराधार हो किनभने हामी केवल असल साथी हौँ ।

हालै हामी एयरपोर्टमा भेटेका थियौँ । प्रायः हामी दुबै हैदरावादबाट मुम्बईको यात्रा गर्छौं । त्यसैले हामी विमानस्थालमा एकअर्कासँग धेरै पटक भेटिरहेका हुन्छौँ । एक वा दुई पटक पापाराजीहरूले हामीलाई एयरपोर्टबाट बाहिर निस्केको देखेका थिए । त्यसपछि हाम्रो अफेयरको खबर आउन थाल्यो ।‘

रश्मिकाको बारेमा थप बोल्दै, तेलुगु अभिनेताले भने, उनी सधैँ ऊर्जावान छिन् । जब उनी कोठामा हुन्छिन्, सबैमा ऊर्जा ल्याउँछिन्। उनी यस्तो जीवन्त व्यक्ति हुन्, मलाई लाग्छ कि उनले यसलाई गुमाउनु हुँदैन।’

रश्मिका पछिल्लो पटक विजय अभिनीत तमिल फिल्म वारिसुमा देखिएकी थिइन् र अहिले अल्लु अर्जुनसँग पुष्पा २ को सुटिङमा व्यस्त छिन्। यसबाहेक उनीसँग सन्दीप रेड्डी वांगाको हिन्दी फिल्म एनिमल पाइपलाइनमा छ, जसमा उनी रणवीर कपूरको अपोजिटमा देखिनेछिन् ।

उता श्रीनिवास छत्रपतिबाट बलिउडमा डेब्यू गर्न तयार छन्। फिल्मलाई वीवी विनायकले निर्देशन गरेका हुन् । यसलाई एसएस राजामौलीका बुबा तथा वरिष्ठ लेखक वी विजयेन्द्र प्रसादले लेखेका हुन्। छत्रपतिको ट्रेलर हालै मुम्बईमा रिलीज गरिएको थियो र फिल्ममा नुसरत भरुचा पनि मुख्य भूमिकामा छिन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>