Breaking News

१३२ दिनसम्म पनि सार्वजनिक भएन प्रधानमन्त्रीको सम्पत्ति विवरण

Banner

काठमाडौं,बैशाख २२-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको शनिवार १३२ दिन पूरा भएको छ । उनले नवौँपटक विस्तार गरेको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । अझै तीनजनाका लागि मन्त्रिपरिषद् खाली छ । अर्थात् गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डको मन्त्रिपरिषद्ले नवौँपटक विस्तार हुँदा पनि पूर्णता पाएको छैन ।

उसो त उनले सरकारको नेतृत्व गरेको १३२ दिन पूरा भइसक्दा पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४७ (२०७२ संशोधनसहित)को दफा ३१ (क) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।

“सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ पदमा बहाल रहेको व्यक्तिले यो दफा प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्नेछ,” दफा ३१ (क) को उपदफा १ मा भनिएको छ ।

ऐनको यो प्रावधानअनुसार ६० दिन कार्यकाल कटेका मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएको भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा उल्लेख छ । प्रधानमन्त्रीसहित उनी आबद्ध पार्टीकै अन्य पाँचजनाको सम्पत्ति विवरण प्राप्त भएको भनेर उल्लेख भए पनि सार्वजनिक भने गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>