Breaking News

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैनः रास्वपा उपसभापति अर्याल

Banner

काठमाडौं,वैशाख २२-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।

उनले सभापति लामछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको पनि बताए । अर्यालले भने, ‘त्यस्तो प्रस्ताव आएको छैन । मैले यस्तो प्रस्ताव आएको र भनी सभापतिलाई सोधे । उहाँले होइन भन्नुभएको छ ।’
उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने उनले बताए । अर्यालले भने, ‘सर्वसम्मत निर्णय हुन नसके बहुमतका आधारमा निर्णय लिन्छौ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>