Breaking News

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Banner

काठमाडौं, वैशाख २१-

सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। रायमाझीलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।

अब उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने उनले बताए।

रायमाझीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाजमार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>