Breaking News
काठमाडौं आएनन् टोपबहादुर रायमाझी , भैरहवामा लुकेको आशंका
०

काठमाडौं, वैशाख २१–
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । बुधवार पुर्जी जारी हुँदा उनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए ।
त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी काठमाडौं आएनन् । पूर्व मन्त्री रायमाझी भैरहवामा लुकेको प्रहरीको आशंका छ । भैरहवामा उनको खोजीमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ । शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























