समाचार

मन्त्रीपरिषद् विस्तार : तीन मन्त्रीको शपथग्रहण आज

Banner

काठमाडौं, वैशाख २१–

नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन्। उनीहरुले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन्।

उनीहरु तीनै जना नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका हुन् । तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसकेका हुन् भने कांग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बनेका हुन्।

गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>