मनोरञ्जन

विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर

Banner

काठमाडौं, वैशाख २०-

कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए ।

युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छिन् । म्युजिक भिडिओमा पनि उनी डिमान्डेड नाम हुन् ।

भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय छ । यस पेजका फलोअर्स ३६ लाखभन्दा बढी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>