मकवानपुर

मकवानपुरमा लागू औषधसहित २ जना पक्राउ

Banner

मकवानपुर, बैशाख २०-

मकवानपुरको कैलाश गाउँपालिकाबाट लागू औषध गाँजासहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थानबाट ५ सय ११ किलो ९०० ग्राम गाँजा सहित आज बिहान प्रहरीले ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

रिजाल द्वयको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोली खटी गई खानतलासी गर्दा गाँजा फेला पारिएको प्रवक्ता कार्कीले बताए ।
प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो । उनीहरुको साथबाट प्रहरीले ५५ हजार ३६५ रुपैयाँ नगद समेत बरामद गरेको प्रवक्ता कार्किले बताए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ५५ किलोमिट्र पश्चिम उत्तर पर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>