बलिउड/हलिउड

१ लाख मोती जडित लुगामा ‘मेट गाला’ पुगिन् आलिया भट्ट

Banner

काठमाडौं, वैशाख १९-

बलिउड अभिनेत्री आलिया भट्ट मेट गाला २०२३ मा सहभागी हुन न्युयोर्क पुगेकी छन्। उनी पहिलो पटक मेट गालाको रातो कार्पेटमा सहभागी भएकी हुन्। मेट गालामा उनी सेता मोती जडित लुगामा पुगेकी थिइन्। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार उक्त लुगामा १ लाख मोती जडित छ।

आलियाले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै उक्त लुगा भारतमा बनेको जानकारी दिएकी छन्।

‘मेरो लुक सुपरमोडल क्लाउडिया शिफरबाट प्रभावित छ। म पहिलादेखि भारतमा बनेको यस्तो लुगा लगाउन चाहन्थें। प्रबल गुरुङले माया र मिहेनत गरेर १ लाख मोती जडित लुगा बनाएका छन्,’ उनले लेखेकी छन्।

नेपाली मूलका प्रबल गुरुङ फेसन डिजाइनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित छन्। केही दिनअघि आलियाले ‘गंगुबाई काठियावाडी’ बाट फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन्।

आलिया हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ मा देखिने छिन्। यो उनको हलिउड डेब्यू फिल्म हो।

ल्अभिि

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>