मनोरञ्जन
रवि लामिछानेलाई राजेश हमालको सुझावः जनताको चाहनाअनुसार चल्नुहोस्

काठमाडौं, वैशाख १७-
अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यस्तो बताएकबा हुन् ।
उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।
‘उनले भनेर्, यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु, । आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिए ।
‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दलको उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उनले भने ।
हमालले कलाकारको रुपमा जनताले राजेश हमाललाई हेर्न आएको भ्रममा आफू नरहेको समेत बताए । ‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो । मनोरञ्जन क्षेत्रमा लागेका पब्लिक फिगर कहिल्यै पनि भ्रममा नपरौं,’ उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो ।’
सन्तानको योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मधु (पत्नी) र मेरै सल्लाहअनुसार चलेको छ यो कुरा । चाहेको बेला एउटा फुटबल टिम पनि तयार हुनसक्छ । जे भइरहेको छ हाम्रै सल्लाहमा भइरहेको छ ।’
























