Breaking News

अध्यक्ष ओलीमाथि आक्रमणमा गठबन्धनका कार्यकर्ता नै संलग्न, प्रधानमन्त्रीको जवाफ चाहियो: विष्णु पौडेल

Banner

काठमाडौं, वैशाख १५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे एमालेले सरकारसँग जवाफ मागेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारसँग जवाफ माग गरेका हुन् ।

झापामा मात्रै नभएर हिजो इलामबाट फर्कदैगर्दा बाटोमा एम्बुस थापेर आक्रमणको प्रयास गरिएको बताए । उनले भने, ‘अहिले पाँचथर र तेह्रथुममा पनि आक्रमणको प्रयास गरिरहेका छन् । तोडफोड र आक्रमणको योजनाहरू बनिरहेका छन् । तर, हाम्रो देशमा सरकार छ कि छैन?  सरकारले लाचारिपन प्रदर्शन गरिरहेको छ । सरकारको यो अकर्मण्यताको घोर निन्दा गर्न चाहन्छु ।’

यो काममा सरकारले मौन समर्थन गर्नुको साथै आक्रमणकारीलाई उक्साउने काम गरिरहेको आरोप लगाए । सत्ता गठबन्धनका दलका कार्यकर्ता नै आक्रमणमा भएको दाबी गर्दै सरकारले के गर्न खोजेको भनेर प्रश्न गरे ।

उनले भने, ‘यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ त दिनुहुन्छ । तर, आक्रमणका प्रयास रोकिँदैनन् । गर्न खोजेको के हो रु अब गृहमन्त्रीले संसदलाई दिएको जानकारीले अब पुगेन । यो अपराध कर्ममा संलग्नहरूलाई अविलम्ब कानूनको दायरामा ल्याएर शान्ति सुरक्षाको प्रत्याभूति होस् । अब यो प्रश्नमा गृहमन्त्रीको जवाफले पुग्दैन प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>