मनोरञ्जन

एकै दिन हलमा चार नयाँ फिल्म प्रदर्शन

Banner

काठमाडौं, वैशाख १५

हलमा आज (शुक्रबार) देखि चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ ‘कैदीको पत्र’र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ प्रदर्शनमा आएका हुन् । तर, अन्य तीन कथानक फिल्म भएपनि ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री फिल्म हो ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ को लम्बाइ २ घण्टा ५ मिनेट छ । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ को लम्बाइ २ घण्टा १४ मिनेट छ । सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’को लम्बाइ २ घण्टा १० मिनेट छ ।

शुक्रबार नै क्यूएफएक्सका हलमा पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ पनि रिलिज भएको छ । एक घण्टा १२ मिनेट लामो यो फिल्मलाई अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेनले निर्देशन गरेकी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>