मनोरञ्जन

आमा बनेपछि एङ्जाइटीसँग जुधिरहेकी छिन् आलिया: भनिन्, ‘महिलामाथि असाध्यै दबाब हुन्छ’

Banner

काठमाडौँ, वैशाख १४

आलिया भट्टको व्यावसायिक र निजी जीवन आजकाल दुवै निकै व्यस्त चलिरहेको छ । पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त छिन् । तर आमा भएपछि आफूलाई एउटा कुराले निकै सताउने गरेको आलियाले बताएकी छिन् । ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन’ भन्ने कुराले आफूलाई सताइरहेको आलियाले बताएकी छिन् । आलियाले रणवीर पनि आफ्नी छोरीप्रति असाध्यै प्रोटेक्टिभ भएको बताइन् ।

आलियाले आमा बने पछिका चुनौतीबारे बोलिन्

भोग म्यागेजिनलाई दिएको अन्तरवार्तामा आलियाले भनिन्, ‘मैले आफ्नो बच्चा र कामको सही तालमेल मिलाउन सकिरहेकी छु त भन्ने कुराले मलाई चिन्तित बनाउँछ । किनभने महिलामाथि दुवै चिज उत्कृष्ट तरिकाले गर्न दबाब हुन्छ । ‘एक महिलाले बच्चा जन्माएपछि आफ्नो करियरलाई सहिद बनाउनुपर्छ नभए उनी आदर्श आमा हुँदिनन्’ – यो कुरा पुरानो समयदेखि चल्दै आएको छ ।’

चबलदष्चनयाँ आमाले समय पाउनुपर्छ

आलियाले भनिन्, ‘नयाँ आमाले आफ्ना कुरा बुझ्न समय निकाल्न अत्यावश्यक छ । के गर्ने, यसको निर्णय उनीहरुले आफैँ लिउन् । नयाँ आमालाई समय दिनु पर्छ है भन्ने कुरा फिल्मी उद्योग र अन्य मानिसले बुझ्नुपर्छ ।’

मानसिक स्वास्थ्यका लागि मेहनत गरिरहेकी छिन् आलिया, हरेक हप्ता उपचार गराइरहेकी छिन्

आलियाले आफू हरेक हप्ता थेरापीका लागि जाने गरेको बताइन् । उनले भनिन्, ‘म आफ्नो मानसिक स्वास्थ्यका लागि कडा मेहनत गरिरहेकी छु । ’

‘मैले जे–जस्तो काम गरिरहेकी छु त्यसलाई मानिसहरूले साँच्चै नै राम्रो भनिरहेका छन् कि मलाई खुसी बनाउन यस्तो भनिरहेका छन् भन्ने सोच्छु । म हरेक हप्ता थेरापीका लागि जान्छु ताकि मनमा भएका यस्ता भ्रमलाई चिर्न सकूँ ।’

थेरापीबारे बोल्दै उनले भनिन्, ‘यो एक प्रक्रिया हो र हरेक दिन मैले केही न केही नयाँ कुरा सिक्ने मौका पाइरहेकी छु ।’

बष्बिराह निकै शान्त र हँसिली बच्चा हुन्

आलियाले आफ्नी छोरीलाई निकै शान्त र हँसिली भएको बताएकी छिन् । उनले भनिन्, ‘खासमा भन्ने हो भने राहा निकै हँसिली र शान्त बच्चा हुन् । तर कहिलेकाहीँ उनी यस्तो मुडमा हुँदिनन् । बच्चा भएकोले यस्ता कुरा साधारण हुन् । आमाहरूका लागि पनि कुनै दिन मुस्किल हुन्छन् तर यस्तो हुनु नौलो कुरा हो जस्तो लाग्दैन ।’

राहालाई ‘चितुवा’ भनेर बोलाउँछन् रणवीर

राहाबारे कुरा गर्दै आलियाले भनिन्, ‘राहा अहिले आफ्नो आवाज खोज्न प्रयास गरिरहेकी छिन् । त्यसैले रणवीर र म उसलाई चितुवा भनेर बोलाउँछौँ । किनभने उनले अहिले यी सबै स–साना आवाजमार्फत बोल्ने कोसिस गरिरहेकी छिन् । सबैभन्दा कठिन र खराब दिन पनि उनको मुहार हेरेपछि उत्कृष्ट हुन्छ ।’

राहालाई हाल लाइमलाइटबाट टाढा राख्न चाहन्छन् आलिया–रणवीर

राहाको गोपनीयताका ख्याल राख्दै आलिया र रणवीर आफ्नी छोरीलाई हालका लागि मिडिया र अन्य मानिसको नजरबाट टाढा राख्न चाहन्छन् । उनीहरुले राहाको तस्बिर सोसल मिडियामा पनि राख्दैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>