बलिउड/हलिउड

अरिजित सिंह: रियालिटी शोकी प्रतिस्पर्धीसँग विवाह, पीडादायी सम्बन्धबाट निस्किएपछि…

Banner

बैशाख १२-
अरिजित सिंहलाई अहिले कुनै परिचय चाहिँदैन । उनी यति बेला बलिउडका सबैभन्दा महँगा गायकमध्ये एक हुन् । अरिजितले सन् २०१२ देखि फिल्म इन्डस्ट्रीमा एक किसिमको ‘राज’ गर्दै आएका छन् । आशिकी टु फिल्मको गीत ‘तुम हि हो’ बाट अरिजित सिंह रातारात चर्चित भएका थिए । अहिले उनको खातामा थुप्रै सुपर हिट गीत छन् ।

तपाईंलाई थाहा छैन भने अरिजित सिंहले आफ्नो करियर फेम गुरुकुल नामको रियालिटी शोबाट प्रतिस्पर्धीको रूपमा सुरु गरेका थिए । उनले यो कार्यक्रम जित्न त सकेनन् तर उक्त कार्यक्रमकी प्रतिस्पर्धी रूपरेखा बनर्जीसँग उनको प्रेम बस्यो । उनीसँग अरिजितले पछि विवाह गरे ।

विवाहको केही समयपछि नै यी दुईको सम्बन्धमा दरार आयो र एक वर्षभित्र यी दुईको सम्बन्ध विच्छेद भयो । अरिजितले आफ्नो पहिलो विवाहबारे कहिल्यै कुरा गरेनन् तर उनको यो विवाह दुबैका लागि पीडादायी भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

त्यसपछि अरिजितले आफ्नी बाल सखा कोयल रोयसँग दोस्रो विवाह गरे । अरिजित र कोयल, दुवैको यो दोस्रो विवाह थियो । २० जनवरी सन् २०१४ मा यी दुईको बङ्गाली रीति–रिवाजमा पश्चिम बङ्गालको तारापीठ मन्दिरमा विवाह गरेका थिए ।

अरिजित सिंह र कोयल रोयका तीन सन्तान छन् । कोयलको पहिलो विवाहबाट उनकी एक छोरी छिन् । यस्तै, अरिजित सँग उनका दुई छोरा छन् । आज कोयल र अरिजित एक अर्कासँग सुखद तरिकाले जीवनयापन गरिरहेका छन् । अरिजित बलिउडका महँगा गायकमध्ये एक हुन् । मिडिया रिपोर्टका अनुसार एउटा गीतका लागि उनी ८ देखि १० लाख भारु पारिश्रमिक लिन्छन् । एजेन्सी

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>